काठमाडौं । अग्रवाल सेवा केन्द्रको १७औं वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिलकुमार धानुका, सुबोधकुमार गाडिया र रमेशकुमार अग्रवाल, मानार्थ उपाध्यक्षमा सुमितकुमार अग्रवाल र रामअवतार टाईवाला चयन भएका छन् ।
त्यस्तै, १२ सदस्यीय पदाधिकारीको महासचिवमा पङ्कज जलान, कोषाध्यक्षमा अरुण डोकानियाँ, सचिवमा भरतकुमार सुद्रानिया र श्यामसुन्दर सुल्तानिया, सह कोषाध्यक्ष ऋषिकुमार अग्रवाल चयन भएका छन् ।
अग्रवाल सेवा समाजले सामाजिक र धार्मिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । खास गरी प्राकृतिक विपतमा जनताको सेवामा लामो समयदेखि काम गर्दै आएको नवनिर्वाचित महासचिव पङ्कज जलानले बताए ।
समाजले भूकम्प प्रभावित जिल्लामा भवन निर्माणमा उल्लेख्य योगदान गरेको थियो । निर्वतनमा अध्यक्ष राजेन्द्र खेतानले सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्नका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।