सचिव पुस्करलाई संघीय मामिला मन्त्री अनिता देवीले रुचाइनन्, विनोद सिंहलाई जिम्मेवारी

Advertisement

काठमाडौं । मन्त्रिपरिषदकी नयाँ मन्त्री अनिता देवीले सचिव कृष्णहरी पुस्करलाई अविस्वास गरेकी छिन् । मन्त्री देवीले पुष्कर बाहेकको सचिव माग गरेपछि विनोद सिंहले जिम्मेवारी पाएका हुन् ।

सचिव पुष्कर यसअघि अर्थसचिवबाट प्रधानमन्त्री कार्यालय सरुवा भएका थिए । उनी  हालका अर्थसचिव अर्जुन पोखरेललाई विस्थापित गरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गएका थिए । 

Advertisement

स्रोतका अनुसार पुष्कर पुन: अर्थ सचिव बन्न चाहेका छन् । उनले अर्थसचिव अर्जुन पोख्रेललाई हटाएर अर्थ मन्त्रालय आउन चाहेका हुन् ।

पुर्वमन्त्री अमनलाल मोदीलाई प्रतिस्थापन गर्दै केहि महिना अघि मात्रै देवी मन्त्री बनेकी थिइन ।
 

Advertisement

Advertisement