लक्ष्मी लघुवित्तद्धारा ४० जना ग्राहक सदस्यलाई पोते बनाउने तालिम प्रदान

Advertisement

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मकवानपुरको हर्नामाडी शाखामा आवद्ध ग्राहकहरुलाई पोते बनाउने तालिम प्रदान गरेको थियो । भदौ ६ गतेदेखि ०८ गते ३ दिनसम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ४० जना ग्राहकहरुलाई सहभागी गराइएको थियो । 

ग्राहक सदस्यहरुको सीप र क्षमता अभिवृद्धि गरी उक्त सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको थियो ।

Advertisement

तालिम कार्यक्रममा उपस्थित हेटौडा उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष अनिल कुमार बानियाले सीपमूलक तालिमले महिलाहरुलाई सफल व्यवसायि बनाउन मद्धत पुग्ने, तालिम पश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने र वित्तीय अनुशासनको पालना गर्नु पर्ने आवश्यकता रहेको हुंदा यस कार्यमा सबै जना एकचित्त भई लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।  

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग र अनलाईन भुक्तानीका सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

Advertisement

Advertisement