एनएलजी इन्स्योरेन्स कम्पनीद्वारा हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

Advertisement

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनी र क्यापिटलबीच आइतबार हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा एनएलजीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । 

Advertisement

कम्पनीको हालको पुँजी रु.१,४५९,२७५,७९०.५०/–  को प्रति शेयर अंकित रु.१००/– को दरले १० कित्ता शेयरको ६.६ को अनुपातमा ९,६३१,२२०.२२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

Advertisement

Advertisement