दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्ने सम्झौता

Advertisement

काठमाडौं । खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि र स्मार्ट वास सोलुसनले सम्झौता गरेका छन् । सो सम्झौतापश्चात खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गरिने र एकआपसमा प्राविधि सहयोग, कार्यशाला गोष्ठि, अनुभव आदान प्रदान तथा तालिम सञ्चालन गरिने भएको हो ।  

समझदारीपत्रमा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत सीईओ पिआर खनाल र स्मार्ट सोलुसनका तर्फबाट अध्यक्ष ई. रामदीप शाहले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाह लगायत दुईवटै संस्थाका अन्य पदाधिकारीहरु समेत उपस्थित थिए ।

Advertisement

खानेपानी  सरसफाइ तथा स्वच्छता क्षेत्रमा सुशासनमा थप सुधार गरि सेवा प्रदानलाई थप प्रभावकारी बनाउन संयुक्त रुपमा सहकार्य गर्ने उक्त समझदारीको उदेश्य रहेको छ ।

हालसम्म करिब आठ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोले दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित वाटरमार्क सफ्टवेयर विकास गरी लागु गरिरहेको छ । करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणालीहरुको विकास गरेको छ ।

उक्त समझदारी पश्चात खानेपानी तथा सरसफाई क्षेत्रको विकासमा थप योगदान पुग्ने अपेक्षा  गरिएको छ ।     
 

Advertisement

Advertisement