पहिलो पटक एशिया कपका लागि मैदानमा नेपाल, पहिलो खेल आज नेपाल–पाकिस्तानबीच

Advertisement

काठमाडौं । एशिया कपमा लागि नेपाल पहिला पटक आजबाट खेल्दैछ । पाकिस्तानमा हुन लागेको खेलको प्रतियोगिताको पहिलो दिनको खेल नै नेपाल र आयोजक पाकिस्तानबीच हुँदैछ । 

तीन दशक लामो क्रिकेट यात्रामा उत्साहजनक प्रगति हासिल गर्दै राजनीतिबाट निराश भएका नेपाली जनतालाई केही खुशी दिन सफल नेपाली क्रिकेटरहरुले थुप्रै खालका चुनौति र अभावका बीच पनि राम्रै प्रस्तुती गर्दै आएकाले एशिया कपमा पनि राम्रो खेल्ने आशा गरिएको छ । 

Advertisement

विश्वकप क्रिकेट खेल्ने लगातार प्रयास गर्दै आएको नेपालले एशिया कपमा भारत, पाकिस्तान जस्ता सशक्त टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । मुद्दा लम्बिएपछि चर्चित खेलाडी सन्दीप लामिछाने पनि पाकिस्तान पुगेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिमले आज सवा ३ बजे पाकिस्तानको सामना गर्दैछ । सोमबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

Advertisement

Advertisement