एसिया कपः पाकिस्तानसँग नेपालको फराकिलो हार

Advertisement

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत बुधबार पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ ।

पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमा अलआउट भएको हो । पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २–२ विकेट लिए । नसिम शाह र मोहम्मद नवाजले १–१ विकेट लिए ।

Advertisement

नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन बनाउन सके । नेपालले १४ रनमै ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन् । गुल्सन झाले १३ रन बनाए भने सन्दीप लामिछानेले खाता खोल्न सकेनन् ।

Advertisement

Advertisement