वागमती नदीमा शनिबार पुनः र्याफ्टिङ आयोजना हुने

Advertisement

काठमाडौं । वागमती नदीमा र्याफ्टिङको पुनः आयोजना हुने भएको छ । नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, प्रदुषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने साथै र्याफ्टिङ खेलको प्रवर्धन गर्ने उद्देश्यले वागमती नदीमा र्याफ्टिङको आयोजना गर्न लागेका जिल्ला समन्वय समिति काठमाडौं बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । 

काठमाडौंका नदी किनारा आसपासका क्षेत्रहरुमा पर्यटन प्रवर्द्धनका लागि सम्भावनाहरूको खोजी गर्ने, वागमती सभ्यतालाई उजागर गर्ने लगायतका उद्देश्य राखी काठमाडौँ महानगरपालिकासहित १० वटा नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति काठमाडौंले र्याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको हो । 

Advertisement

गत साता पनि वागमतीमा यस्तो र्याफिटङ आयोजना भएको थियो । गोकणश्वर नगरपलिकाको सुन्दरिजलबाट सुरु हुने बृहत र्याफ्टिङ कार्यक्रमलाई नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघले प्राविधिक सहयोग गर्नेछ । यस र्याफ्टिङ कार्यक्रमको आयोजनापछि काठमाडौं जिल्लाको ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदाको खोज अनुसन्धान संरक्षण र त्यसको एकीकृत विकासमा पनि सबै पालिकासँग मिलेर अगाडि बढ्ने जनाइएको छ । 

Advertisement

Advertisement