महिला टी–ट्वान्टीः बहराइनविरुद्ध नेपालको सहज जित

Advertisement

काठमाडौं । आईसीसी वुमन्स टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटको दोश्रो खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो जित निकाल्न सफल भएको छ । 

मलेसियामा भएको खेलमा बहराइनले दिएको ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो । नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन् भने ओपनर सीता राना मगरले ३ बलमा २ रन बनाइन् । नेपालले १३ रन अतिरिक्त पाएको थियो ।

Advertisement

बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । बहराइनका लागि दीपिका रसाङ्गिकाले ११ रन बनाइन् । नेपालले यसअघि बिहीबार भएको खेलमा आयोजक मलेसियालाई ५ रनले पराजित गरेको थियो । अब नेपालले समूह चरणको तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ ।

Advertisement

Advertisement