काठमाडौं । शेयर बजार घट्दो क्रममा रहेका बेला नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंक मध्ये ६ वटाको शेयर मूल्य रु. २ सय भन्दा तल झरेको छ ।
गत बुधबारको नेप्सेको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक र कुमारी बैंकको शेयर मूल्य २ सय रुपियाँ भन्दा कम छ ।
चुक्ता पूँजीका हिसाबमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको शेयर मूल्य प्रतिकित्ता रु. २०५ हुँदा सबैभन्दा बढी एनआईसी एशिया बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ७८८ रहको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाएको नबिल बैंकको प्रतिकित्ता शेयर मूल्य रुं ५८७ हुँदा सबैभन्दा कम कुमारी बैंकको शेयर मूल्य रु. १५७ छ ।
एकवर्ष भित्रको तथ्याङ्क हेर्दा नबिल बैंकको शेयर मूल्य सबैभन्दा बढी प्रतिकित्ता रु. ९३० सम्म पुगेको थियो भने प्रभु र कुमारी बैंकको प्रतिकित्ता शेयर मूल्य रु. १५५ सम्म आइपुगेको थियो ।