ओलीको नेतृत्वमा नेपाल आर्थिक पत्रकार समाजमा नयाँ कार्यसमिति

Advertisement

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समाजको शनिबार सम्पन्न चुनावबाट ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । 

ओली ९९ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी शिरोमणी ढुङ्गानाले ९६ प्राप्त गरे । त्यस्तै, उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । उपाध्यक्षका अर्का प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरे । 

Advertisement

समाजको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तैm सचिवमा सोभित थपलिया निर्वाचित भएका छन् । थपलियाले १०६ मत पाएका छन भने प्रत्यासी मुना कुँवरले ७९ मत पाएकी छिन् । कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । उनले १६० मत पाएका छन् भने प्रत्यासी कमला अर्यालले ८५ मत ल्याएकी छिन् ।

सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मतसहित निर्वाचित भएका छन् । सेजनको निर्वाचनमा २५२ मत खसेको थियो । समाजको आज २५औं बार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाको उद्घाटन समारोहमा अर्थमन्त्री प्रकाशशरण महत र निजी क्षेत्रका नेताहरु सहभागी भएका थिए । 

कस्को कति मत ? 
अध्यक्ष

सुजन ओलीः ९९
शिरोमणि ढुंगानाः ९६
सरस्वती ढकालः ५६

उपाध्यक्ष
विनय बन्जराः १३५
भागवत भट्टराईः ११५

महासचिव 
विश्वास रेग्मीः सर्वसम्मत

सचिव
सोवित थपलियाः १०६
मुना कुँवरः ७९
रन्जु काफ्लेः ६४

कोषाध्यक्ष
अच्युत पुरीः १६०
कमला अर्यालः ८५

सदस्यहरु
केशु लामिछानेः १८८
हेमन्तराज जोशीः १७९
ममता थापाः १५६
वसन्तराज उप्रेतीः १४५
छबी सापकोटाः १२८

कौशिला कुँवरः १११
पवन तिम्सिनाः ८६

Advertisement

Advertisement