राउण्ड टेबल नेपालको अध्यक्षमा अग्रवाल निर्वाचित

Advertisement

काठमाडौं । राउण्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा काठमाडौस्थित हायात होटलमा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ । 

नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । त्यस्तै निर्वतमान अध्यक्ष राहुल अग्रवाल छन् । 

Advertisement

राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरुको संस्था हो, जसको मुख्य उदेश्य एडप्ट, एडप, इम्प्रुभ हो । यस संस्थाले आफ्नो उदेश्य पुरा गर्नका लागि पहिले समाजमा रहेका समस्याहरुको पहिचान गरी एडप्ट गर्दछ, एडप्ट गरेका कार्यहरुलाई स्थानीय विविधतालाई आत्मसाथ गर्दै एडप गर्दछ र त्यसलाई निरन्तर रुपमा इम्प्रुभ गर्न प्रयासरत रहन्छ । 

राउण्ड टेबल नेपाल विगत २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहेको छ । विषेशगरी संस्थाले शिक्षा, स्वास्थ्य तथा पर्यावरणको श्रेत्रमा अग्रसर भई कार्यहरु गरिरहेको छ । 
 

Advertisement

Advertisement