मुक्तिनाथ कृषि कम्पनीका पाँच नयाँ संरचनाहरु सञ्चालनमा

Advertisement

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले पाँच वटा कृषि संरचनाहरु सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो पाँच वर्षे रणनीतिक योजनाअनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्न यी संरचना सञ्चालनमा ल्याएको बताएको छ । 

यस्ता संरचनामा इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित क्षेत्रीय कार्यालयहरु, स्याङजा र चितवनमा ‘फार्म उत्कृष्टता केन्द्र’, कृषिमा लगानी प्रवर्द्धनका लागि ‘कृषि व्यवसाय परामर्श केन्द्र’, कृषकहरुलाई दैनिक सेवाको लागि ‘कृषकसँग मुक्तिनाथ कल सेन्टर’, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ‘मुक्तिनाथ एप’ छन् । 

Advertisement

यी संरचनाको उद्घाटनमा कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्द शर्मालगायत थिए । 

कम्पनीका अध्यक्ष भरत ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवर्द्धन, विकास र नियमनका लागि एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए । 

कम्पनीका सञ्चालक सीताराम काफ्लेले नेपालको सन्दर्भमा मुक्तिनाथ कृषि कम्पनी जस्ता कृषि क्षेत्रमा कार्य गर्ने कम्पनी र संस्थाहरुलाई सरकारले प्रोत्साहन र नियमन गर्नुपर्ने बताए । 

Advertisement

Advertisement