काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आज भदौ १८ गतेदेखि असोज ७ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको छ ।
कम्पनीले १ः१ अनुपातमा १० करोड ५० लाख कित्ता हकप्रद बिक्री गर्न लागेको हो । कम्पनीलाई सेबोनले गत असार २२ गते हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो ।
हकप्रद शेयर निष्काशनका लागि कम्पनीले गत साउन २६ गते बुक क्लोज गरेको बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहबिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएका छन् ।