वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषद्धारा आत्महत्या

Advertisement

काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले सोमबार बिहान आत्महत्या गरेका छन् । उनी अन्दाजी ४० बर्षको रहेको अस्पतालले जनाएको छ । 

अस्पतालको सीसीटीभी फुटेज हेर्दा आज बिहानै २–३ बजे बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका उनले छैटौं तलामा पुगेर हाम फालेको जनाइएको छ । 

Advertisement

आत्महत्या गर्नेको पहिचान नभएको र अस्पतालमा उनको बिरामी पनि कोही नभएको भन्दै वीर अस्पतालले उनको शब पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको जनाएको छ ।

अस्पतालका निर्देशक सन्तोष पौडेलका अनुसार अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएर हाम फालेका थिए । टाउको फुटेको अवस्थामा अस्पतालका गार्डहरुले इमर्जेन्सीमा लगेका थिए । तत्कालै उनको मृत्यु घोषणा गरिएको थियो । 

अस्पताल स्रोतका अनुसार हुलिया हेर्दा मृतक अति विपन्न व्यक्ति जस्तो देखिन्छन् । उनले फाटेको लुगामा मोवाइल र परिचय खुल्ने कुनै कागज नरहेको, पाँच रुपियाँको एउटा नोट र सलाईको बट्टा मात्रै रहेको जनाइएको छ । 

घटनाका बारेमा अहिले प्रहरीले छानविन पनि सुरु गरेको समाचार छ । 

Advertisement

Advertisement