काठमाडौं । शेयर बजार बिस्तारै शिथिल हुँदै गएको छ । नेप्से घटेको घटेई हुँदा कारोबार रकम पनि निराशाजनक अवस्थामा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.४५ अंकले ओरालो झरेको हो । ०.३२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६१.३७ अंकमा आइपुगेको छ ।
आज २७७ कम्पनीका २४ लाख ८० हजार ९ सय २९ कित्ता शेयर किनबेच हुँदा ७९ करोड ६८ लाख ७० हजार ४ सय ८.०५ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि एनएमबि माइक्रोफाइनान्स वित्तीय वित्तीय संस्था र नेरुडे लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १० र ९.८५ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै आरबीबी म्युचुअल फण्ड २ र लिबर्टी इनर्जीका लगानीकर्ताहरुले क्रमशः १० र ९.९८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ५८ लाख ९७ हजार ७ सय ९३.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार २९.८१ अंकले बजार घट्दा १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४ सय १०.८७ रुपियाँ र हिजो सोमबार ७.०४ अंकले बजार बढ्दा १ अर्ब ९ करोड ९१ लख ३९ हजार ६ सय ९७.१६ रुपियाँ बराबरको कारोबार भएको थियो । भोलि बुधबार श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदाका कारण शेयर बजार पनि बन्द रहने छ ।