नौ लाखलाई पर्ने सिटिजन लाइफको आईपीओमा १५ लाखको आवेदन

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि आज भदौ १९ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १५ लाख १० हजार ६ सय ९३ जनाको आवेदन परेको छ ।  

आईपीओ भर्ने अन्तिम दिन अन्तिम समय आज साँझ ५ बजेसम्म  ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९ सय २० रुपियाँ बराबरको १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन परेको हो । 

Advertisement

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपियाँको आईपीओ बिक्री गर्न लागेको हो । 

प्रतिकित्ता रु. १०० अंकित मूल्यमा रु। १४४ रुपियाँ प्रिमियम थप गरेर रु. २४४ मा १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्ने भएको हो । 

कूल निष्काशन मध्ये ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । ५ लाख ६२ हजार ५०० कित्ता कर्मचारी र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ ।  

सर्वसाधारणका लागि छुट्याइएको शेयर ९ लाख जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

Advertisement

Advertisement