प्रभु मोबाईल बैंकिङ प्रयोग गर्दा डाटा शुल्क नलाग्ने

Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले नेपाल टेलिकम तथा एनसेलसँग सम्झौता गरी आफ्नो मोबाईल बैंकिङ सेवा डिजी प्रभु चलाउँदा ग्राहकको मोबाईलको डाटा खर्च नहुने सुविधा सञ्चालनमा ल्याएको छ । 

प्रभु बैंकले विशेष सुविधायुक्त ‘डाटा छैन ?, नो प्रोब्लम’ योजना अन्तर्गत आफ्ना मोबाइल बैंकिङ ग्राहकहरुले मोबाईलबाट प्रभु मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाईल डाटा खर्च नहुने तथा डाटा शुल्क नलाग्ने व्यवस्था मिलाएको छ । 

Advertisement

बैंकले सञ्चालनमा ल्याएको विशेष सुविधायुक्त योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरुले मोबाईल डाटाको शुल्क नलाग्ने तथा डाटा खर्च नहुने गरी प्रभु मोबाइल बैंकिङ चलाउन सक्नेछन् । 

यस योजना अन्तर्गत प्रयोगकर्ताहरूले मोबाइल बैंकिङका सबै सुविधाहरू जस्तै रकम ट्रान्सफर गर्न, विभिन्न किसिमका विल भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टप–अप आदि प्रयोग गर्दा ग्राहकको मोबाईल डाटा खर्च हुनेछैन । 

चाडपर्व लक्षित् यो योजना अन्तर्गतको विशेष सुविधा हालको लागि भदौ १५ गतेदेखि शूरु भई आगामी मंसिर १५ गतेसम्म उपलब्ध हुने बैंकले जनाएको छ । 

Advertisement

Advertisement