आइडिया स्टुडियोको कलेज आईडिया हन्ट शुरु

Advertisement

काठमाडौं । आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२३’ को लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको सहकार्यमा र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयको संयोजनामा आवेदन खुला गरेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रको हलमा पत्रकार सम्मेलन गर्दै आवेदन खुलाएको घोषणा गरेको हो ।

Advertisement

नेपाली समाजको रुपान्तरण र व्यवसायिकताको प्रवर्द्धनमा क्रियाशील आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरीरहेका तथा नयाँ योजना र आइडिया सहित शो उद्यम गर्ने सोच बनाएका विधार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२३ को आयोजना गरेको हो । 

वर्तमान यूग र समय सापेक्ष समस्या र अवसरहरु सम्बन्धित नविनतम तथा दिगो समाधान सहितका आइडिया भएका विधार्थीहरुले कलेज आईडिया हन्टमा आफ्नो योजना पठाउन सकिने आइडिया स्टुडियो नेपालले जनाएको छ । 

आईडिया स्टुडियो नेपालकी रणनीति तथा सञ्चार प्रमुख सदिच्छा श्रेष्ठले कलेज आईडिया हन्टको महत्व र अवसरको विषयमा बताइन् । कलेज आइडिया हन्ट २०२० की आईडिएटर अन्जना मल्लले आइडिया स्टुडियो मार्फत व्यवसायमा सहयोग पाएको बताउँदै कलेज आइडिया हन्ट २०२० एउटा कार्यक्रम मात्र नभएर आत्म विश्वास वृद्धिको श्रोत पनि रहेको सुनाइन् ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डीन डा. दिलीप पराजुलीले नेपालका  विद्यार्थीहरु अवसरको खोजीमा तीव्र गतिमा विदेशीएका छन् तर नेपालमा धेरै अवसरहरु रहेको जानकारी दिए । 

काठमाडौं मोडल कलेजका प्रधानध्यापक सुरेन्द्र सुबेदीले विद्यार्थीहरुले आईडिया स्टुडियो नेपालको तर्फबाट पाएको मौका, अवसर र उद्यमशीलता मानसिकताको विकास बारे बताए । 

आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले स्नातक, स्नातकोत्तर र पीएचडी गर्दै गरेका वा गरिसकेका विद्यार्थीहरुको कुनै आईडिया वा सपना छ भने कलेज आइडिया हन्ट २०२३ मा आवेदन पठाउन अनुरोध गर्दै भविष्यमा आवश्यक सहयोगका निमित्त आईडिया स्टुडियो नेपाल सो विद्यार्थीहरुका लागि एक  प्लेटफर्मको रुपमा रहने बताए ।

कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरु मध्यबाट उत्कृष्ट २० योजनालाई व्यवसाय सम्वन्धि विभिन्न तालिम तथा परामर्श प्रदान गरिने आईडिया स्टुडियाले जानकारी दिएको छ । उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आईडिया स्टुडिया सिजन ७ मा सिधै प्रवेश पाउने छन् ।  

कार्यक्रममा आईडिया स्टुडियो नेपालकी रणनीति तथा सञ्चार प्रमुख श्रेष्ठ, त्रिभुवन विश्वविधालय व्यवस्थापन संकायका उपनिर्देशक डा. गंगाराम विश्वकर्मा, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष लामा, काठमाडौं मोडल कलेजका प्रधानध्यापक सुरेन्द्र बस्नेत, त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डीन डा. दिलीप पराजुली, स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयका निमित्त निर्देशक डा. गोविन्द तामाङ, कलेज आइडिया हन्ट २०२० की, आईडिएटर अन्जना मल्ल,आईडिया र विधार्थीहरु लगायत बिभिन्न बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कलेज आईडिया हन्ट २०२३ मा सहभागी हुन चाहाने इच्छुक विद्यार्थीहरुले असोज १४ गते सम्म आवेदन दिइसक्नु पर्नेछ ।
 
 

Advertisement

Advertisement