ललिता निवास प्रकरणमा व्यवसायी गुरुङसहित सबैलाई छाड्न अदालतको आदेश

Advertisement

काठमाडौं । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका भाटभटेनी सुपरस्टोरका संस्थापक मीनबहादुर गुरुङसहित १८ जनालाई अदालतले छाडन आदेश दिएको छ । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको आजको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । पक्राउ परेका केशव तुलाधरलाई साधारण तारेखमा छाड्न आदेश भएको हो । 

Advertisement

व्यवसायी गुरुङसँग २ करोड १४ लाख धरौटी माग गरेको छ । बाँकी अरुलाई एकलाख १० हजारदेखि १५ लाखसम्म धरौटी माग गरिएको छ । 

गुरुङसहित शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कलाधर देउजा, घमनकुमार कार्की, गोपाल कार्की, विनोदप्रसाद पौडेल, अरुणकुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, योगराज पौडेल, नारायणदास मिश्र, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरी घिमिरेलाई हिरासतमा लिइएको थियो ।  

सीआईबीको अनुसन्धानपछि सहकारी वकिलको कार्यालयले उक्त प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । 

Advertisement

Advertisement