मलाई घरीघरी आफ्नै मान्छेहरुबाट नाजायज काम गराउन दबाब दिइन्छः किराती

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यो बेला नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु हो भनेका छन् ।

बौद्व जागरण केन्द्रद्वारा सोमबार आयोजित कार्यक्रममा अहिलेको सरकारप्रति आमजनताको आशा जागेको दावी गर्दै उनले प्रधानमन्त्रीले पनि क्याविनेट मन्त्रीहरुबाट ठूलो अपेक्षा राखेको बताए । यो अवस्थामा प्रधानमन्त्रीलाई आफूले धोका नदिने किरातीको भनाई छ । 

Advertisement

प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो भन्दै उनले भने, ‘इतिहासमा यति धेरै काम हुँदैछ । जनतामा आशा बिस्तारै जागेको छ । प्रधानमन्त्रीको यो स्प्रिटलाई समात्नु मेरो पहिलो कर्तव्य हो ।’

आफूलाई घरीघरी आफ्नै मान्छेहरुबाट नाजायज काम गराउन दबाब दिने काम भएको तर आफू गलत काम नगर्ने उनले बताए । किरातीले बरु पद त्याग्न तयार रहेको उनले बताए । किरातीले भने, ‘दलालहरु मलाई भेट्न आँट गर्दैनन कि आफ्नै मान्छेको भेषमा सिखण्डी बनेर आएका हुन कि शंङ्का लाग्छ । कृपया त्यसो नगर्नुहोस् । देशको मुखेन्जी तपाइँसँगको सम्बन्ध मेरो लागि केही पनि होइन ।’ 

प्रधानमन्त्री दाहाल असाधारण मान्छे भएको र परिवार क्षतविक्षत हुँदा पनि निरन्तर लाग्दै राजनीतिको केन्द्र बनिरहन सकेको किरातीले बताए । दाहालको नेतृत्वमा अब सुशासन र आर्थिक क्रान्ति पनि हुने उनले जिकिर गरे । 

Advertisement

Advertisement