वाणिज्य विभागका महानिर्देशक ठाकुरको सरुवापत्र तयार, पाँच महिनामै किन हुँदैछन् सरुवा ?

Advertisement

काठमाडौं। उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरको सरुवा पत्र तयार गरेको छ । मन्त्रालयले पाँच महिना नपुग्दै महानिर्देशक सरुवा गर्न लागेको हो ।

मन्त्रालय स्रोतका अनुसार ठाकुरको सरुवा पत्र तयार भैसकेको छ। तर पत्र भने बुझ्न बाँकी रहेको छ । सरुवाको बारेमा आफूलाई कुनै जानकारी नभएको महानिर्देशक ठाकुरले बताए । ठाकुरलाई दशैं अगावै सरुवा गर्नुले विशेष अर्थ राख्दछ ।

Advertisement

मन्त्रालय स्रोतका अनुसार ठाकुरको सरुवा पत्र तयार भैसकेको छ । स्रोतले भन्यो 'उहाँको सरुवा पत्र तयार भैसकेको छ, अब को जाने भन्ने विषयमा निर्क्योल भैसकेको छैन ।'

ठाकुर यसअघि आन्तरिक राजस्व विभागका उपमहानिर्देशकका रुपमा कार्यरत रहेका थिए । यसपछि सम्पति शुद्धिकरण विभागमा महानिर्देशक भई कार्यरत थिए । मधेश प्रदेशमा कार्यरत ठाकुर फागुनमा उद्योग मन्त्रालय आएका थिए । उनलाई तत्काल मन्त्रालय तान्न खोजिएको छ ।


 

Advertisement

Advertisement