नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा फहराए नेपाली झण्डा

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका चार जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन् । ​

विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्ना ग्लोबल कन्फ्रन्स सिंगापुरमा भव्यताका साथ सम्पन्न भएको हो । उक्त कन्फ्रेन्स भदौ १० देखि १३ गतेसम्म चारदिन चलेको थियो भने कार्यक्रममा विश्वभरिबाट करिब ७ हजार पाँच सय जनाको उपस्थिति रहेको थियो । 

Advertisement

नेपाल लाइफबाट नेपाललाई प्रतिनिधित्व गर्दै  कार्यक्रममा  रामचन्द्र गौतम,  रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकीले सहभागिता जनाएकमा थिए । उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको र सो  अवसर सिर्जना गरिदिएकोमा नेपाल लाइफलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सीईओ प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताउँदै  एक्सपोजरले  व्यक्तित्व विकासका साथै सिकाईको स्तरलाई समेत उच्च बनाउँने बताए ।

‘किनकि जीवन अमुल्य’, छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालले २०८० असार मसान्त सम्ममा लगानीमा  १ अर्ब ७२ अर्ब रुपियाँ कायम गरेको छ भने जीवन बीमा कोषमा करिव १ खर्ब ६३ अर्ब रुपियाँ संचित गरेको छ ।

हाल नेपाल लाइफले देशभर एक सय ९२ कार्यालयहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement