काठमाडौं । सान्भी इनर्जी लिमिटेडले ३७ करोड ९० लाख रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ ।
उक्त कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यको ३७ लाख ९० हजार कित्ता आईपीओ निष्काशनको माग गर्दै भदौ २७ गते सेबोनमा आवेदन दिएको हो ।
कम्पनीले आईपीओ निष्काशनको लागि यसअघिनै नेपाल एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
त्यसैगरी दारमखोला हाइड्रोले रु. १०० अंकित ३९ लाख ५० हजार कित्ता र भुजुङ हाइड्रोले १४ लाख ५५ हजार कित्ता आईपीओ निष्काशनको माग गर्दै क्रमशः भदौ ५ र १३ गते सेबोनमा आवेदन दिएका छन् ।
दारमखोलाले लक्ष्मी क्यापिटल र भुजुङ हाइड्रोले कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।