हकप्रद पारित गर्न नेको इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा

Advertisement

काठमाडौं । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने पक्का भएको छ । कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले हकप्रद जारी गर्न यही भदौ २९ गते सैद्धान्तिक स्वीकृती प्रदान गरेको हो ।​

हदप्रद जारी गरेसँगै नेको इन्स्योरेन्सको बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी कायम हुनेछ । 

Advertisement

हकप्रदको प्रस्ताव पारित गर्न कम्पनीले आगामी असोज १९ गते विशेष साधारण डाकेको छ । उक्त साधारण सभा प्रयोजनका लागि असोज १० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको कम्पनी सचिव विष्णुप्रसाद धितालले जनाएका छन् । 

अहिले नेको इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब एक करोड २३ लाख रुपियाँ रहेको छ भने प्रस्तावित २५ प्रतिशत हकप्रद पछि २ अर्ब ५१ करोड रुपियाँ पुग्नेछ । बीमा प्राधिकरणले पनि निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पूँजी २ करोड ५० लाख रुपियाँ तोकेको छ ।

Advertisement

Advertisement