नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्सपो’ को आयोजना हुँदै

Advertisement

काठमाडौं । नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना हुने भएको छ । 

नेपालको बाहिरी सौन्दर्य प्रदर्शन गर्न र साहसिक,  दुर्गम र आकर्षक परिदृश्यहरू अन्वेषण गर्न प्रोत्साहित गर्ने उद्देश्य सहित नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना गर्न लागेको आयोजक मध्येका एक सोनाम जाङ्बु शेर्पाले जानकारी दिए । 

Advertisement

एआर भेन्चर्सको आयोजनामा ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना यही शनिबार बिहान १० बजेदेखि साँझ ६ बजे सम्म दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने उनले बताए । एक्स्पो एकदिनको प्रदर्शनी कार्यक्रम हो । उक्त एक्स्पोमा ७० देखि ८५ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डको स्टल राखिने छ । 

शेर्पाले भने, ‘एक दशकभन्दा बढी समयदेखि साहसिक र खेलकुद कार्यक्रमहरू आयोजना गर्नमा विशेषज्ञता हासिल गरिसकेपछि, हामीले २०२१ मा नेपाल बाइसाइकल एक्स्पो सुरु गरेका थियौं । यो अनौठो एक्स्पो नेपाली साइकल उद्योग भित्रका निर्माता, वितरक र सेवा प्रदायकहरूका लागि विशेष प्लेटफर्मको रूपमा रहेको छ । पहिलो दुई संस्करणको सफलताले हामीलाई हाम्रो क्षितिज विस्तार गर्न र बाहिरी साहसिक दृश्यको लागि अर्को कार्यक्रमको आयोजना गर्न प्रेरित गराएको हो । ’ 

नेपाल एडभेन्चर एक्स्पो एक वार्षिक कार्यक्रम हो, जसले साहसिक, बाहिरी सौन्दर्यप्रमी, यात्री र उद्योग व्यवसायीहरूलाई आकर्षित गर्ने उनको भनाइ छ । साहसिक खेलहरू, यात्रा गन्तव्यहरू, क्याम्पिङ गियर, आउटडोर उपकरणहरू, चरम खेलहरु (एक्सटिम स्पोर्टस) र वेल्नससँग सम्बन्धित नवीनतम र सबैभन्दा राम्रो उत्पादनहरू, सेवाहरू, र अनुभवहरू प्रस्तुत गर्न यो एक विशेष कार्यक्रम रहेको उनले बताए । 

शेर्पाले थपे, ‘नेपालीहरुको महानपर्व दशैं र तिहारको बिदा अक्टोबरमा सुरु भएसँगै अहिले धेरै नेपालीहरुले विभिन्न साहसिक बिदा मनाउन यो समय रोज्न थालेका छन् । यस अवधिमा ग्राहकहरुले आउटडोर गतिविधिहरूको लागि र आफ्नो गन्तव्य, कपडा, सामान र अन्य सम्बन्धित सामागीहरू सबै एकै ठाउँमा पाउने सकिने र सहज हुनेछ ।’  
 

Advertisement

Advertisement