त्रिभुवन विमानस्थल भन्सारले समात्यो ३७० ग्रामको सुनको बालासहित एक महिला

Advertisement

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनसहित चिनियाँ नागरिक पक्राउ गरेको छ । आइतबार ३७० ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ परेको कार्यालयले जनाएको हो । 

चाइना साउथअर्न एयरलाइन्सबाट काठमाडौं आएकी चिनियाँ नागरिक गोन्सोङचुबाट तीन वटा सुज‍नको बालासहित पक्राउ गरेको कार्यालयका ‍निर्देशक मुक्ती श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनले भने, ‘हामीले अराइभल कक्षबाट तीन वटा सुनको बालासहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेका छौं । थप अनुसन्धान हुँदैछ।’

सुन लुकाएर ल्याएको अवस्थामा समातिएको हो । ती महिलासँग जोडिएका अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको भन्सार कार्यालयले जनाएको छ । 

Advertisement

Advertisement