भदौमा १ खर्ब २८ अर्बको आयात, गतवर्ष भन्दा १४ अर्बले घट्यो

Advertisement

काठमाडौं । भदौ महिनामा १ खर्ब २८ अर्बको आयात भएको छ । चालु वर्षको साउन महिनाभन्दा ३ अर्बले आयात घटेको हो । 

भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको २ महिनामा २ खर्ब ५९ अर्बको आयात भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० भन्दा १३ अर्ब ८४ करोडले कम हो ।  चालु वर्ष आर्थिक गतिविधि सुस्ताएसँगै आयात पनि घट्दो क्रममा रहेको छ । 

Advertisement

गतवर्ष सरकारले विदेशी मुद्राको संचिति सकिदै गएको भन्दै  आयात प्रतिबन्ध लगाएको थियो । तर यो वर्ष आयात बढाउने नीति लिए पनि आयात बढ्न सकेको छैन । आयात गतवर्षको २ महिना भन्दा ५. ०६ प्रतिशतले कम हो ।

२ महिनामा निर्यात २६ अर्ब ४४ करोड पुगेको छ । यो पोहोरभन्दा ७.७९ प्रतिशतले कमि हो । यो वर्ष सरकारले पाम, भटमास सुर्यमुखी तेल आयातमा भन्सार छुट कटौति गरेपछि निर्यातमा संकुचन आएको छ । यो अवधिमा व्यापार घाटा २ खर्ब ३३ अर्ब पुगेको छ । 

Advertisement

Advertisement