मीड सोलु हाइड्रोको आईपीओ बुधबार बाँडफाँट हुने

Advertisement

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि असोज २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार उक्त दिन साँझ ५ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । 

Advertisement

कम्पनीको आईपीओका लागि १३ लाख ५४ हजार ८ सय ४६ जनाले १ अर्ब ५१ करोड २२ लाख २५ हजार रुपियाँ बराबरको १ करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । 

सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४ सय कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई ७४ हजार ८ सय ४० कित्ता बिक्री गरिसकेको कम्पनीले कर्मचारीहरुलाई १४ हजार ९ सय ६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४ सय २० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 

सर्वसाधारणहरुलाई छुट्याइएको ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर ६२ हजार १ सय १५ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ता पाउने छन् । 

कम्पनीले सोलुखुम्बु जिल्लामा ९।५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ बाट विद्युत उत्पादन गर्दै आएको छ । 

Advertisement

Advertisement