एनआईसी एशिया र एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । 

यसैक्रममा एनआईसी एशियाले शेयरधनीहरुलाई २९ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५९०.३१ कायम भएको छ । यसअघि रु. ७६१.५० थियो । 

Advertisement

यता, एभरेष्ट बैंकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५१४.५५ कायम गरिएको छ । यसअघि रु. ५६६ थियो । 

दुबै बैंकको भोलि मंगलबार समायोजन गरिएको मूल्यबाट कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement