सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख नवीकरणमा बिलम्ब शुल्क नलिने

Advertisement

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ ।

उक्त पुनर्जागरण अभियान असोज १६ गते देखि २६ गते सम्म लागू हुने कम्पनीले जनाउको छ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Advertisement

कुनै पनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

Advertisement

Advertisement