नेशनल बैंकिङ इन्स्टिच्युटले धनगढीमा गर्यो कर्जा लगानीको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Advertisement

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युटले देशमा बिद्यमान कर्जा लगानीको अवस्था, सम्भावना र चुनौतीका बारेमा धनगढी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा सुदुर पश्चिम प्रदेश स्थित बैंक तथा वित्तीय संस्थाका ६५ जना भन्दा बढी पदाधिकारीहरुको सहभागिता थियो ।  उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका बरिष्ठ अधिकारीका साथै बरिष्ठ बैंकिङ विज्ञहरु परशुराम कुँवर क्षेत्री तथा अजय श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।  

Advertisement

उक्त सेमिनारले मुलुकमा कर्जा लगानीको अवस्थाका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरु र सरोकारवालाहरुलाई एकै ठाउँमा भेला भई छलफल गर्ने अवसर प्रदान गरेको थियो । उक्त सेमिनारमा विशेष गरि कर्जा लगानीका लागि बैंकिंग तथा वित्तिय क्षेत्रले  सामना गरेका चुनौतिहरु, कर्जा लगानीका अवसरहरु र कर्जा परिचालनका लागि प्रभावकारी वातावरण तयार गर्ने रणनीतिका बारेमा छलफल भएको थियो । 

कार्यक्रममा कुँवरले साना तथा मझौला व्यवसाय क्षेत्रमा रहेका अवसर र जोखिमका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने अर्का वक्ता श्रेष्ठले खुद्रा व्यवसायमा कर्जा लगानी गर्दा आइपर्ने चुनौतीहरुका बारेमा केश स्टडी प्रस्तुत गरेका थिए ।  
 

Advertisement

Advertisement