जीवन बीमा कम्पनीको कूल बीमाशूल्क डेढ अर्बले घट्यो, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ५२ करोड ३४ लाख रुपियाँ कुल बीमाशूल्क आर्जन गरेका छन् ।

गत आर्थिक वर्षको भदौ महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब ९८ करोड ५९ लाख रुपियाँ बराबरको कूल बीमा शुल्क आर्जन गरेका थिए । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको कूल बीमशुल्क आर्जन करिब डेढ अर्ब रुपियाँले घटेको हो ।  

Advertisement

गत भदौ महिनामा सबैभन्दा धेरै कूल बीमाशूल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । नेपाल लाइफले २ अर्ब ७८ लाख रुपियाँ बराबरको बीमाशूल्क आर्जन गरेको हो । त्यस्तै दोस्रोमा एलआईसी नेपालले १ अर्ब १३ करोड रुपियाँ र तेस्रोमा नेशनल लाइफले १ अर्ब १० करोड आर्जन गरेको छ ।  

कुन कम्पनीको कूल बीमाशूल्क कति ?

undefined

Advertisement

Advertisement