विश्व शेर्पा संघको अधिवेशनमा २१ देशबाट शेर्पाहरु आउने, धर्मगुरुहरु पनि सहभागी हुने

Advertisement

काठमाडौं । विश्व शेर्पा संघको दोस्रो अधिवेशन यही असोज २१ गते हुने भएको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै संघले विश्व शेर्पा दिवसको अवसर पारेर (अक्टोबर ८) अधिवेशन गर्न लागिएको जानकारी दिएको हो । 

कार्यक्रममा धर्मगुरू ठुल्सिक याङसी ङवाङ जिग्मे ठिन्ले कुन ख्याब रिम्पोछेलगायतको उपस्थिति रहने जनाइएको छ । संघका अध्यक्ष आङ दोर्जी शेर्पा लामाले प्रत्येक वर्ष अक्टोबर ८ मा विश्वभरमा छरिएर बसोबास गर्दै आएका शेर्पाहरूले ‘ग्लोबल शेर्पा डे’को रूपमा मनाउन थालेको बताए । 

Advertisement

शेर्पाहरूको भाषा, संस्कृति, रितिरिवाज संरक्षण गर्दै उनीहरूलाई एकीकृत गर्ने उद्देश्यका साथ सन् २०१७ मा एडी शेर्पाको अध्यक्षतामा विश्व शेर्पा संघ गठन गरिएको उनले बताए । 

अधिवेशनमा २१ देशबाट शेर्पा समुदायका संघसंस्थाका प्रतिनिधि आउने छन् । सोही अवसरमा शेर्पा वर्ल्ड नामक एप्लिकेशन पनि शुभारम्भ गरिने योजना छ । शेर्पाले यो एपमार्फत भाषा प्रयोग, उच्चारणको शैली सिक्नुको साथै शेर्पाहरूको विवाह, जन्मलगायत सामाजिक संस्कारका विषय राखिएको छ । यसै एपमार्फत शेर्पा, सम्भोटा, नेपाली र अंग्रेजी भाषा अनुवाद हुनेछ । यो एप प्रयोगका लागि कार्ड लिनुपर्ने र कार्डको शुल्क एक हजार तोकिएको छ । 

अधिवेशनमा सहभागीलाई शेर्पा समुदायको बसोवास रहेको सिन्धुपाल्चोकका गाउँहरूको अवलोकन गराइने, उनीहरुको मौलिक नृत्य स्याब्रु प्रदर्शन गरिने, गीत संगीत प्रस्तुत गरिने, शेर्पाका परम्परागत परिकार प्रस्तुत गरिने छ । 

Advertisement

Advertisement