भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण
फाइल तस्बिर

Advertisement

 

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ ।

Advertisement

भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो । हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिए । चालु आर्थिक वर्षमा ३० सम्पदाको पुनःनिर्माण सुरु गर्न बजेट विनियोजन भएको उनले बताए ।  

भूकम्पले एक सय वर्षभन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पुर्‍याएको जनाउँदै कुँवरले तीमध्ये २५ वटाको पुनःनिर्माण भइरहेको बताए । बाँकीको पुनःनिर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ । सम्पदा पुनःनिर्माणका लागि काठ, इट्टालगायत निर्माण सामग्री नपाइने समस्याका कारण काममा ढिलाइ भएको प्रवक्ता कुँवरको भनाइ थियो । 

विसं २०७६ चैत ११ पछि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका समयमा गरिएको बन्दाबन्दी, खरिद प्रक्रिया लामो हुनु, बजेट पर्याप्त नआउँनुलगायत कारणले पनि काममा ढिलाइ हुने गरेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताए । रासस

Advertisement

Advertisement