माछापुच्छ्रे बैंकको साधारण सभाबाट १४ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकको साधारण सभाबाट १४ प्रतिशत लाभांश पारित गरेको छ । 

बैंकको आज पोखरामा सम्पन्न २५औं वार्षिक साधारण सभाले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश पारित गरेको हो । 

Advertisement

साथै साधारण सभाले आव २०७९/८० को वार्षिक प्रतिवेदन, वार्षिक वित्तीय विवरण, लेखा परीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव पनि पारित गरेको कम्पनी सचिव सुभाष जमरकटेलले जनाएका छन् ।  
 

Advertisement

Advertisement