काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले २०० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
सेबोनले कम्पनीलाई १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।
हकप्रद निष्काशनका लागि कम्पनीले यसअघिनै मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ५५ करोड रुपियाँ छ । हकप्रद जारी गरेपछि कूल चुक्ता पूँजी १ अर्ब ६५ करोड पुग्नेछ ।
कम्पनीले सांग्रिला उर्जा प्रालिद्वारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत शेयर कायम हुने गरी लगानी गर्न हकप्रद जारी गर्न लागेको जनाएको छ ।