काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन भन्दै ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
यस सम्झौताअनुसार बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरुः ओपीडी, आईडीपी र फार्मेसीमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड, प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
त्यसैगरी, प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।