प्रलोभनमा परी सुन बोकेर नआउन त्रिवि भन्सार कार्यालयको आग्रह

Advertisement

काठमाडौं। विदेशबाट नेपाल फर्किने यात्रु प्रलोभनमा नपर्न त्रिभुवन विमानस्थल  कार्यालयले आग्रह गरेको छ। विभिन्न प्रलोभन देखाई सुन बोकाएर पठाउने गिरोह सक्रिय भएपछि कार्यालयले सतर्क गराएको हो। 

विदेशबाट नेपाल फर्किने यात्रुहरुलाई एयरपोर्टसम्म सामान लगिदिनु भनि विभिन्न सामान बोकाएर पठाउने गरेका छन् । यस्ता सामानहरु विशेष गरी सुन हुने गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। 

Advertisement

ल्यापटप, मोबाइल, सुन, घडी इत्यादी सामान नेपालको विमानस्थलसम्म पुर्‍याइदिनु भन्‍ने गरेको सूचना भन्सार कार्यालयमा प्राप्त भएको कार्यालयले जनाएको छ।

परिचित तथा अपरिचित कुनै पनि व्यक्तिको प्रलोभनमा परि आफ्नो व्यक्तिगत प्रयोगका सामान (कानुन बमोजिम छुट पाउने) बाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउनु हुन यस कार्यालयले अनुरोध गरेको छ ।  

विदेशबाट फर्किदा यात्रुले ल्याउन पाउने  सामान तथा सुविधाका बारेमा नेपाल सरकार अर्थमन्त्रालयले जारी गरेको सूचना भन्सार विभागको वेवसाइट तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको एकाउन्टमा गई पढ्न र जानकारी लिन सक्ने कुरा कार्यालयले बताएको छ ।
 

Advertisement

Advertisement