काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलवार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले बताए । साथै, बैठकले घाइतेहरुको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरुको तत्काल खोजी गर्न र अफ्ठेरोमा परेका नेपालीहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
उनले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरुलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र सिघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिएको छ । समितिले भविष्यमा हुने यस्ताखाले घटनाको पूर्व आँकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा नेपालीहरुको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिएको छ ।
यादवले भने, ‘इजरायलमा भएको अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन, घाईतेहरुको स्वास्थ्योपचार गर्न,बेपत्ता भएका नेपालीहरुको तत्काल खोजि गर्न र अफ्ठ्यारोमा परेका नेपालीहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरुलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शिघ्र पहलकदमी लिनलाई यो समितिले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्छ । साथै भविष्यमा हुने यस्ताखाले घटनाको पूर्व आँकलन गरी विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा नेपालीहरुको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न र ति निकायहरुलाई श्रोत, साधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्दछ ।’
समितिले विदेशस्थित कुटनीतिक नियोगहरुलाई श्रोत, साधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।