काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।
यसैक्रममा माण्डु हाइड्रोको १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता आईपीओ आज नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणलाई बिक्री गरिएको १६ लाख ३६ हजार ३ सय ७० कित्ता र संस्थापकहरुको १ करोड २० लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।
सूचीकृत भएसँगै भोलि बुधबारबाट शेयर कराोबार हुनेछ । रु. १२४.४२ देखि रु. ३७३.२६ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।
यता, हाथवे इन्भेष्टमेन्टको २ करोड ३४ लाख कित्ता आईपीओ पनि आजै नेप्सेमा सूचीकृत भएकोछ । सर्वसाधारणलाई बिक्री गरिएको २९ लाख २५ हजार कित्ता र संस्थापकहरुको २ करोड ४ लाख ७५ हजार कित्ता आईपीओ सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकरण भएसँगै उक्त कम्पनीको शेयर कारोबार पनि भोलि बुधबारबाटै हुनेछ । रु. ९५.०९ देखि रु. २८५.२७ ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।