काठमाडौं । स्रोत नखुलेको नेपाली र भारतीय नोटसिहत प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका-१९ लामाचौर हवल्दार चौताराबाट ३२ वर्षीय धनबहादुर पुर्जा मगरलाई पक्राउ गरेको हो ।
मगरको साथबाट प्रहरीले स्रोत नखुलेको ९ लाख ९५ हजार नेपाली र ४७ हजार ५ सय भारतीय रूपियाँ बरामद गरेको छ ।
मगरलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।