पर्यटकहरु भरिभराउ हुनुपर्ने बेला पोखराका होटलहरुमा ५० प्रतिशत मात्रै बुकिङ

Advertisement

काठमाडौं । पर्यटकीय सिजन सुरु भए पनि पोखराको होटलहरुमा ५० प्रतिशत मात्रै बुकिङ रहेको व्यवसायीहरुले बताएका छन् । 

पर्यटकहरुले भरिभराउ हुनुपर्ने बेला यस बर्ष भने अपेक्षाकृत पर्यटक आउन नसकेको उनीहरुको गुनासो छ । यतिबेला ८० देखि ९० प्रतिशतले होटलहरु बुकिङ हुनुपर्ने पोखराका व्यवसायीहरु बताउँछन् । 

Advertisement

होटल संघ नेपाल (हान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराका होटलहरु ५० प्रतिशतले बुकिङ रहेका छन् । तर यति बेला ८० देखि ९० प्रतिशतले होटलहरु बुकिङ हुनुपर्ने हो । भारतीय पर्यटकहरु र अन्या विदेशी पर्यटकहरु पनि राम्रो संख्यामा पोखरा भित्रिएका छन् । तर आन्तरिक पर्यटकहरु न्यनतम रहेको उनले बताए । 

उनले भने, ‘अहिले स्कूल, कलेजहरु बन्दा भएका छैन् । पहिला चाँँहि यति बेला चार्डपर्व पथियो । अहिले मनमासले गर्दा एक महिनापछि चार्डपर्व परेकोले पनि यति बेला पोखरामा आन्तरिक पर्यटकहरु छैनन् । यो बेला आन्तरिक र विदेशी पर्यटकहरु दुवै आएाने बेला हो ।’ 
अन्नपूर्णा सर्किट ट्रेकको लागि धेरै पर्यटकहरु आउँने बेला यही भएकोले पोखराको होटलहरु ८० देखि ९० प्रतिशतले बुकिङ हुनुपर्ने हो । तर आन्तरिक पर्यटकहरु कम भएका कारण अहिले ५० प्रतिशत बुकिङ मात्र रहेको उनले भने । अहिले टेकिङको सिजनले गर्दा पर्यटकहरु एक्दम राम्रो रहेको छ । साथै भारतीय पर्यटकहरु अहिले मुक्तिनाथ जाने सिजनले गर्दा पनि भारतीय पर्यटकहरुको आगमन पोखरामा बढेको अध्यक्ष सुवेदीले जानकारी दिए । 

पोखरा, मुग्लिङको बाटो निर्माणको काम सकिने बितिकै बाहिरबाट पोखरा आउँने पर्यटकहरुको आगमन बढने आशा छ । एक वर्ष भित्र बाटोको काम सक्न पर्ने तर अझै सकेको छैन् । त्यो बाटोको काम नसके सम्म आन्तरिक पर्यटकहरु पोखरा आउँलन भन्ने आशा कम नै रहेको उनको भनाइ छ । 

त्यस्तै, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष धर्मराज पन्थीका अनुसार पहिला अक्टोबर र नोम्बर महिनामा धेरै नै पर्यटकहरु पोखरा आगमन गर्ने गथिए । तर यसपाली पोखरामा पर्यटकहरु एक्दम कम रहेको छ । इजरायल–हमास यद्धले गर्दा पनि पोखरा आएका धेरै इजेरेलीहरु फित गएका उनले जानकारी दिए । 

अन्नपूर्ण सर्किट ट्रेकमा ट्रेकिङ गर्न आएका इजेरेलीहरु धेरै संख्या फकिए उनले बताउर्दै भने, ‘कोभिड–१९ भन्दाअघि सिजनमा हरेक दिन करिब एक सयदेखि एक सय ५० जना पर्यटकहरु अन्नपूर्ण सर्किट ट्रेकमा पदयात्राका लागि पर्यटकहरु आउथिए भने, यस पटक ३० देखि ५० जना पदयात्रीहरु मात्र आएका छन् । नेपालमा सिजन कै बेला इजरायल–हमासको यद्धले पनि पर्यटकहरु कम भएको छन् ।’ 

उनले भने, ‘अहिले पदयात्रामा जाने पर्यटकहरुमा यूरोपिनहरु धेरै छन् त्यसपछि अमेरिकनहरु रहेका छन् । अहिले पोखरामा आन्तरिक पर्यटकहरु आएका छैन् । पोखरा–काठमाडौंको बाटो निर्माणले गर्दा पनि पोखरामा आन्तरिक पर्यटकहरु आउँन सकेका छैन् ।’

दशैमा चाहिँ आन्तरिक पर्यटकहरु बढ्छ भने आशा रहेको बताउर्दै उनले भने,‘ बाटो अलि छिटो निर्माण सम्पन्न भए पोखरामा आन्तरिक र विदेशी पर्यटकहरु अझ बढने थियो । नेपाल सरकारले बाटो चाँँहि छिठो निर्माण सम्पन्न गर्न सके पर्यटकहरु पोखरामा भित्रिने थिए ।’  

Advertisement

Advertisement