पर्यटक पदयात्रामा जाँदा अनिवार्य समूहमा जानुपर्ने नियम हटाउँदै अध्यागमन विभाग

Advertisement

काठमाडौं । अध्यागमन विभागले पर्यटकहरु पदयात्रामा जाँला अनिवार्यरुपमा समूहमा जानुपर्ने नियम हटाउने तयारी गरेको छ । विभागले अध्यागमन नियमावली २०५१ मा संशोधन गर्दै पर्यटकको पदयात्रालाई सहजीकरण गर्न लागेको हो । 

पर्यटकहरु एक्लै पदयात्रामा जाँदा बेपत्ता हुने, दुर्घटनामा पर्ने समस्या देखिएपछि समूहमा जानुपर्ने र गाइड तथा भरिया पनि लागनुपर्ने नियम बनाइएको थियो । तर पर्यटकहरु कतिपय एक्लै पदयात्रामा जान रुचाउने देखिएपछि उक्त नियमावलीमा पुनः संशोधनको तयारी गरिएको हो । 

Advertisement

नयाँ नियममा भने पर्यटक एक्लै पदयात्रा जान पाए पनि साथमा गाइड र भरिया भने लैजानुपर्ने प्रावधान राख्न लागिएको छ । विभागले गृह मन्त्रालयमा पठाएको नियमावलीको संशोधित मस्यौदामा एकलरुपमा पदयात्रामा जान चाहने पर्यटकलाई अहिलेको प्रावधानले कठिनाई भएकाले संशोधन गर्नुपर्ने देखिएको औंल्याएको छ । 

नियमावलीको तीन महले यस्तो छः 

undefined

Advertisement

Advertisement