सेन्ट्रल फाइनान्सद्वारा चावहिलमा विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण

Advertisement

काठमाडौं । सेन्ट्रल फाईनान्स् चावहिल शाखाले काठमाडौंमहानगरपालिका, वडा नं. ६, रामहिटीस्थित बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

चावहिल शाखा प्रमुख सरिता श्रेष्ठले उक्त सामग्रीहरु विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर राईलाई हस्तान्तरण गरी शाखा प्रमुख श्रेष्ठ र प्रधानाध्यापक राईले संयुक्त रुपमा विद्यार्थीहरुलाई सामग्री वितरण गरेका हुन् । 

Advertisement

विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गर्ने हेतुले संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ११ जना विद्यार्थीलाई युनिफर्म तथा ७ जना विद्यार्थीलाई ट्रयाक सुट र शैक्षिक सामग्री वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताइन् । विद्यालयका प्रधानाध्यापक राईले संस्थाको कार्य स्वागतयोग्य तथा सराहनीय रहेको विचार व्यक्त गरे । 

यस बैंकको कुपण्डोल स्थित केन्द्रीय कार्यालय सहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा छ ।
 

Advertisement

Advertisement