हमासको आक्रमणमा परी मृत्यु भएका चार जनाको शव नेपाल आइपुग्यो

Advertisement

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका चार जना नेपालीको शव काठमाडौं आइपुगेको छ । 

मृतक १० मध्ये तीन जनाको शव आइतबार बिहान आएको हो भने एक जनाको दिउसो आएको हो । इजरायल सरकारले पहिचान खुलेका चार जनाको शव कानूनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासमा बुझाएसँगै आईतवार बिहान शव काठमाडौं आइपुगेको हो । 

Advertisement

मृतकमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज बिष्ट र आशिष चौधरीको शव आइपुगेको हो । न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो भने आईतवार बिहान  धामी र बिष्टको शव विमानस्थल आइपुगेको हो । 

शव नेपाल आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, नेपालका लागि इजरायली राजदुत हाना गोडरलगायत अधिकारीहरू पुगेर श्रद्धाञ्जली अर्पण गरे । चौधरीको शव नेपाल आइपुगेसँगै चारवटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिनेछ । धनगढीमा स्थानीय प्रशासनले पीडितको घरसम्म शवलाई पर्याउने व्यवस्था गर्नेछ । अन्य ६ जनाको शव पनि आवश्यक व्यवस्था मिलाइ नेपाल पठाउने तयारी भइरहेको छ । 

Advertisement