एनआरएनए (कांग्रेस–माओवादी) समूहले पनि संघको कार्यालय पुगेर सपथ खायो

Advertisement

काठमाडौं । राजनीतिक हस्तक्षेपका कारण गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएसँगै आरके (राजेन्द्रकुमार) शर्मा समूह सोमबार संघको कार्यालय पुगेर सपथ आएको छ । 

विवादकै बीच यसअघि नेकपा एमालेनिकट बद्री केसी नेतृत्वको संस्थान समूहले पनि संघमा गएर सपथ खाएको थियो । विवाद चर्किँदै जाँदा सत्ता पक्षले शर्मा नेतृत्वको समूहलाई वैधानिकता दिने प्रयास गरेको छ भने केसी समूहले सो कुरालाई आलोचना गर्दै आएको छ । 

Advertisement

यतिबेला एनआरएनए विभिन्न समूहमा विभाजित भएसँगै संघको कार्यालय कस्ले कब्जा गर्ने हो ? अन्योलता बढेर गएको छ । केसी समूहले विद्युतीय मतदानमा धाँधली गरेको भन्दै उसको बहुमतलाई नमानी शर्माको समूहले नयाँ कार्यसमिति गठन गर्ने र त्यसलाई वैधानिकता दिने प्रयास गर्दै आएको छ । 

सपथ खाने कार्यक्रममा शर्मासहित सो समूहद्धारा घोषित उपाध्यक्ष गंगाधर गौतम, महासचिव बुद्धीसागर सुवेदी, सचिव लोक दाहाल, कोषाध्यक्ष ठाकुर ढुंगाना, युरोप संयोजक चिन्तामणि सापकोटालगायत थिए । 

कार्यक्रममा शर्माले संघको केन्द्रीय कार्यालय विदेशमा बस्ने नेपालीले १० डलर बचत गरेर बनाएको भन्दै यो कसैको बिर्ता नभएको बताए । उनले भने, एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहेको आयोगले स्वीकार गरिसकेपछि एकपक्षीय रूपमा शपथ गरेर संस्था कब्जा गर्ने नियत एउटा पक्षले राखेको देखियो । हामीहरुले कामको आधारमा गैरआवासीय नेपाली अभियानलाई अगाडि बढाउने छौं ।’

उनले दुई वर्ष अगाडि अर्को एनआरएन खोलेको शेष घले संरक्षित विनोद कुँवर नेतृत्व समितिसँग एकीकरण गरेर बलियो र एकताबद्ध एनआरएन बनाउने जिकिर गरे । यता केसी समूहले भने आफ्नो पक्षमा विश्वभर ८० प्रतिशतभन्दा बढीको समर्थन रहेको दावी गर्दै आएका छन् । 

Advertisement