काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ । साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभयो ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएको हो । आफू टीका ग्रहण गरेपछि उहाँले परिवारका सदस्यलाई टीका लगाइदिनुभयो ।