सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिकोत्सवमा गर्यो विभिन्न कार्यक्रम

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । 

बैंकले विहान ७ बजे कामनपा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । यस सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द«, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो । 

Advertisement

मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंकै प्राङ्गणमा सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पताललाई रकम रु २,००,०००।– (अक्षरुपी दुई लाख मात्र) को आर्थिक सहयोग उपलब्ध गराइएको थियो । 

undefined

कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकज्यूहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरेका थिए । 

बैंकको संचालक समितिका अध्यक्ष सत्यालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा बैंकमा ५ वर्ष भन्दा बढी अवधी काम गरेका कर्मचारीहरुलाई एक्सिलेन्स अवार्ड वितरण तथा केक काट्ने कार्यक्रम समेत गरिएको थियो ।  

कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले बैंकको १९औं वार्षिकोत्सवले थप उर्जा प्रदान गरेको र आगामी दिनहरुमा पनि बैंकका सब परिवारले मिलेर थप मिहिनेतका साथ बैंकलाई उचाईमा पुर्याउने विश्वास व्यक्त गर्दै सम्वन्धित सबैलाई धन्यवाद दिई कार्यक्रम समापन गरिएको थियो ।

Advertisement

Advertisement