नेपाल पर्वतारोहण संघको ५०औं बार्षिकोत्सवमा कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पा पुरस्कृत

Advertisement

काठमाडौं । नेपाल पर्वतारोहण संघको ५०औं बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित विशेष कार्यक्रममा कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पा पुरस्कृत भएकी छन् । 

लामो समयदेखि पर्यटन विधामा पनि विशेषगरी हिमाली पर्यटनका बारेमा लेख्दै आएकी उनलाई संघले स्वर्गीय दावा नोर्बु माउन्टेन दुरिजम जर्नालिष्ट अर्वाड प्रदान गरेको हो । 

Advertisement

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालाई प्रमाणपत्र र नगद रु. ३० हजार प्रदान गरे । संघले आजै राजधानी दैनिकका मधुजंग पाण्डेलाई पनि सोही पुरस्कार पुरस्कृत गर्यो । 

कर्पोरेट नेपालकर्मी शेर्पाले यसअघि युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको पनि सफलरुपमा आरोहण गरिसकेकी छन् । 

Advertisement

Advertisement